+
+

अख्तियारले स्थानीय तहलाई भन्यो- एकै ठेकेदारलाई धेरै काम दिन ठेक्का नटुक्र्याउनू

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते २१:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् ।

अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अख्तियारले परिपत्र गर्दै सबै स्थानीय तहलाई सडक निर्माण तथा मर्मत लगायत कार्य गर्दा खण्डीकरण गरी एउटै आर्थिक वर्षमामा पटक–पटक एउटै व्यक्ति/फर्म/कम्पनीलाई बिनाप्रतिष्पर्धा निर्माण कार्यको जिम्मेवारी नदिन भनेको हो ।

अख्तियारले यस्तो कामको भुक्तानी दिँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ लगायत प्रचलित कानूनको प्रतिकूल रही बदनियतपुर्ण कार्य समेत हुन सक्ने बताएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ समेतका प्रचलित कानूनको परिपालना गर्ने गराउने गरी आवश्यक कदम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?