+
+

बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १६:५१

१० फागुन, धनगढी । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका(१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका(१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका( ६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?