+
+

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १०:०४

४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?