+
+

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १९:३७

१४ चैत्र, सुर्खेत । मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिपमा ६ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?