+
+

लुम्बिनीबाट विश्वचर्चित भ्लगर नास डेलीले भने- म सेक्रेट्ली बुद्धिस्ट बनें

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १७:२४

काठमाडौं । विश्वचर्चित इजरायली भ्लगर नास डेली माघ पहिलो साता बुद्ध जन्मथलो लुम्बिनी पुगे । त्यहाँ उनले एक बौद्ध धर्मगुरुसँग बौद्ध दर्शनबारे बुझे । उनलाई बुद्ध धर्मबारे बुझ्न एक महिना लाग्यो ।

यसैसाता भिडियो सार्वजनिक गर्दै उनले आफू ‘गोप्य रुपमा बुद्धिस्ट’ बनेको बताएका छन् । आठ मिनेट लामो भिडियोमा उनले आफूले एक महिनासम्म बौद्ध धर्म र दर्शनबारे के सिकें भनेर बुझाएका छन् । लुम्बिनीका एक बौद्ध गुरुसँग आफूले यसको दर्शनबारे गहिरो रुपमा बुझेको उनले बताएका छन् ।

‘मलाई बुद्धधर्मबारे बुझ्न एक महिना लाग्यो । मैले प्रशस्तै बौद्ध पुस्तक पढें । बौद्ध भिक्षुसँग कुरा गरें । बुद्ध जन्मथलो नेपालको लुम्बिनी घुमें । म गोप्य रुपमा बुद्धिस्ट हुँ । तपार्इं पनि गोप्य रुपमा बुद्धिस्ट हुनुहुन्छ,’ उनले भिडियोमा भनेका छन् ।

खास नाम नुसेर यासिन भएपनि नास डेलीका रुपमा उनी विश्वचर्चित छन् । ६ महिनाअघि उनले शारीरिक व्यायामको च्यालेन्ज लिएका थिए । अबको ६ महिना आध्यात्मिक रुपमा स्वस्थ हुने च्यालेन्ज उनले लिएका छन् । अबको ६ महिना उनले हिन्दु धर्मबारे च्यालेन्ज लिएका छन् । प्रत्येक ६ महिना एक धर्मबारे अध्ययन गर्ने उनको च्यालेन्ज छ ।

हिन्दु धर्म अध्ययनका लागि उनी भारतको बनारस पुगेका थिए । बौद्ध धर्मका लागि उनी लुम्बिनी, इसाई धर्मका लागि जेरुसेलम, इस्लाम धर्मका लागि साउदीको मक्कामा उनी पुगेका छन् ।

पछिल्लोपटक नेपाल भ्रमणबाट स्वदेश फर्किने बेला काठमाडौं विमानस्थलमा कार्ड नचल्दा उनलाई एकजना नेपालीले १५ हजार रुपैयाँ सापटी दिएर सहयोग गरेका थिए । उनले अहिले नास एकेडेमी, नास स्टुडियो, नास आईओ लगायतका संस्था चलाइरहेका छन् । नेपालमा समेत उनका प्रशस्त फ्यान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?