+
+

नेपाल आइपुगेका विश्वचर्चित भ्लगर नास डेलीले लुम्बिनीमा भेटे बौद्ध गुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:४४

काठमाडौं । विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे ।

लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर गरेका छन् । ‘केही भिन्न काम गर्न म नेपाल आइपुगेको थिएँ’ उनले भनेका छन् ।

खास नाम नुसेर यासिन भएपनि नास डेलीका रुपमा उनी प्रसिद्ध छन् । ६ महिनाअघि उनले शारिरिक ब्यायामको च्यालेन्ज लिएका थिए । अबको ६ महिना आध्यात्मिकरुपमा स्वस्थ हुने च्यालेन्ज उनले लिएका छन् ।

‘अब भने आध्यात्मिकरुपमा स्वस्थ हुन विभिन्न धर्मका ग्रन्थ अध्ययन गर्ने च्यालेन्ज लिँदैछु’ हालैको एक नयाँ भिडियोमा उनले भनेका छन् । उनको यो दोस्रोपटकको नेपाल भ्रमण हो । अघिल्लोपटक आउँदा १० दिन बसेका उनी अन्नपूर्ण बेसक्याम्पको पदयात्रामा गएका थिए ।

अब भने हिन्दु धर्मको लागि भारतको बनारस, इशाइ धर्मको लागि इजरायलको जेरुसेलम, मुसलमानको लागि साउदीको मक्का लगायतका ठाउँमा पुग्ने उनले बताएका छन् । नेपालमा बौद्ध धर्मबारे सिकेका कुरालाई नयाँ भिडियोमा बताउने उनले उल्लेख गरेका छन् ।

स्वदेश फर्कने बेला काठमाडौं विमानस्थलमा कार्ड नचल्दा उनलाई एकजना नेपालीले १५ हजार रुपैयाँ सापटी दिएर सहयोग गरेका थिए । उनले उक्त पैसा चाँडै फिर्ता गर्ने बताएका छन् ।

उनले अहिले नास एकेडेमी, नास स्टुडियो, नास आईओ लगायतका संस्था चलाइरहेका छन् । नेपालमा समेत उनका प्रशस्त फ्यान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?