+
+

राजु तामाङ बने सिटी एक्सप्रेस उपहार योजनाका विजेता

तामाङले पाए ५ लाख ३० हजार ७५० रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:००

काठमाडौं । राजु तामाङ सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको उपहार योजनाको  विजेता बनेका छन् ।

काठमाडौंस्थित म्यारिएट होटलमा आयोजित एक कार्यक्रमका बीच तामाङलाई ‘मेगा बम्पर उपहार’ विजेता घोषणा गरिएको हो ।

कम्पनीले सञ्चालन गरेको ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत उनी मेगा बम्पर उपहार बनेका हुन् । विजेता बनेका उनले ५ लाख ३० हजार ७५० रुपैयाँ हात पारेका छन् । उनले सिटी एक्सप्रेसबाट साउदी अरबबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

यसैगरी कोरियाबाट रेमिटान्स पठाउने सुवा लिम्बुले एक लाख रुपैयाँ पाएका छन् ।

दशैं, तिहार र छठ पर्वको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत १५ असोजदेखी १५ मंसिरसम्म यो उपहार योजना सञ्चालन गरेको थियो ।

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?