+
+

सिमभञ्ज्याङमा दुई वर्षपछि हिमपात (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:०६

१० माघ, हेटौंडा । मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात भएको छ । हिउँ परेसँगै सिमभञ्ज्याले आन्तरिक पर्यटकलाई स्वागत गरेको छ ।

सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीय अमित पाख्रिनले बताएका छन् । सिमभञ्ज्याङमा खेल्न मिल्ने गरी हिउँ परेको उनले बताए ।

सिमभञ्ज्याङमा हिउँ परेपछि हरेक वर्ष मकवानपुरसहित सर्लाही, बारा, पर्सा, रौतहटदेखि चितवनसम्मका पर्यटक घुम्न आउने गरेका छन् । स्थानीय गणेश विष्टले वर्षकै पहिलो हिउँ परेकाले सिमभञ्ज्याङ पर्यटकको पखाईमा रहेको बताए ।

बिहीबार दिउसो वर्षासँगै हिमपात भएको हो । भीमफेदी गाउँपालिकाको अघोर बजारदेखि सिमभञ्ज्याङसम्मको डाँडा लालीगुराँस फुलेर राताम्मे बनेका छन् । समुन्द्री सतहबाट २४८८ मिटरको उचाईमा रहेको सिमभञ्ज्याङ यतिबेला हिउँ र लालीगुराँसले सजिएको छ ।

सिमभञ्ज्याङमा दुई वर्षअघि १९ माघमा बाक्लो हिमपात भएको थाहा नगरपालिकाको सूचना अधिकारी सुरज भुजेलले जानकारी दिए । हरेक वर्ष हिउँदमा सेताम्मे हुने गरेको सिमभञ्ज्याङमा अघिल्लो वर्ष बाक्लो तुसारो मात्रै परेको उनको भनाई छ । १५ माघ २०७३ मा यहाँ ६ इञ्च बाक्लो हिमपात परेको थियो ।

सिमभञ्ज्याङमा बाक्लो हिमपातसँगै सडक यात्रा कष्टकर बनेको र आज राती त्रिभुवनराजपथ अवरुद्ध हुन सक्ने भुजेलले जनाए । सिमभञ्ज्याङ र दामन क्षेत्रमा प्रसस्तै होटल रहेकाले यात्रुहरुलाई समस्या नहुने उनले बताए ।

हेर्नुहोस् थप तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?