+
+

सावित्राको ५ गोलमा इराकमाथि नेपालको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २२:५६

१० फागुन, काठमाडौं । फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले ५ गोल गरेपछि वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

साउदी अरेबियाको जेदाहमा विहीबार भएको प्रतियोगितामा समूह बी मा रहेको नेपालले दोस्रो खेलमा क्लिनसिट राख्दै सानदार जित हात पार्दा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।

लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

विहीबार नै हुने समूह बी को खेलमा प्यालेस्टाइनले सिरियालाई पराजित गरेमा नेपाल र प्यालेस्टाइन अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछन् ।

जेद्दाहस्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा विपक्षीमाथि पूर्ण रुपमा हावी बनिन् ।

उनले पहिलो हाफमा १४औं १६औं ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै ४४औं मिनेटममा चौथो गोल गरिन् ।

दोस्रो हाफमा पनि उनले एक गोल थपिन् । उनले ७९औं मिनेटमा पाँचौ गोल गरेकी थिइन् ।

नेपालका लागि सावित्राको यो पाँचौ ह्याट्रिक हो । यसअघि उनले माल्दिभ्स विरुद्ध दुई पटक तथा भुटान र कीर्गिस्तान विरुद्ध समान एक पटक ह्याट्रिक गरेकी छन् ।

फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी सावित्रा फ्रान्सबाटै साउदी अरेबिया पुगेर नेपालको लागि खेलकी सावित्राले सिरिया विरुद्ध पहिलो खेलमा १ गोल मात्र गरेकी थिइन् ।

सावित्राले नेपालका लागि ४९ गोल गरेकी सकेकी छन् । उनी अन्तर्राष्ट्रिय गोलको अर्धशतकबाट १ गोलले मात्र टाढा छिन् ।

उनले सन् २०१६ मा भारतमा भएको साफ वुमन्स च्याम्पियन्सिपमा पहिलो ह्याट्रिक गर्दा नै भुटान विरुद्ध एकै खेलमा ६ गोल अर्थात डबल ह्याट्रिक गरेकी थिइन् । त्यही साफमा उनले माल्दिभ्स विरुद्ध ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

यस्तै २०१९ मा कीर्गिस्तान विरुद्ध उसैको मैदानमा भएको नाजेज्दा कपमा ह्याट्रिक गरेकी थिइन् । सोही वर्ष पोखरामा भएको १३औं सागमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

खेलपछि सावित्राले आफूलाई एकदमै खुशी लागेको बताए ।

म एकदमै खुशी छु । मेरो टिममेटलाई धन्यवाद । उनीहरुले मेरो लागि सहयवग गरे । म त्यसको अप्रिसिएट गर्नेछु ।

सबै समर्थकहरुलाई यहाँ आएर समर्थन गर्नुभएकोमा धन्यावद र । आशा छ अर्को खेलमा समर्थन गर्न आउनुहुनेछ र हामी तपाईँहरुको लागि राम्रो नतिजा ल्याउनेछौँ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?