+
+

मन्त्रीको सोचले मात्रै देश परिवर्तन सम्भव छैन : अशोक राई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १५:०९

१२ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले  मन्त्रीहरुको मात्र सोचले देश परिवर्तन गर्न सम्भव नहुने बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५/७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशील हुनुपर्छ ।’

निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिस्थापन गरे सपन्नताको सुनिश्चितता हुने उनको दाबी थियो ।

अब राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको पनि मन्त्री राईको भनाइ छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न बन्न नसकेको उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?