+
+

सांसद भट्टराईको प्रश्न : सहकारी संचालकहरुलाई कारबाही गर्न कसले रोक्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ११:४४

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक पटक सम्प्रेषण भएको छ । तर, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको उनको गुनासो छ ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी संचालन प्रक्रियामा विचलन आएको भनी गत भदौ २५ गते नै सरकारलाई सुझाएको उल्लेख गर्दै उनले भनिन्, ‘सूर्य दर्शन सहकारीका मुख्य संचालकहरुलाई फरार सूचीमा राखी सरकार रमिता हेरिहरको छ । रकम हिनामिना गर्ने व्यक्तिलाई कारबाहीलाई गर्न कसले रोक्यो ? म सरकारसँग स्पष्ट जानकारी माग गर्दछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?