+
+

घरेलु मैदानमा हार्दा दु:ख लाग्छ : मोन्टी देसाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १६:४३

१३ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदानमा हार व्यहोर्दा दु:ख लागेको बताएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले घरेलु मैदानमा खेलेका ४ मध्ये ३ खेलमा हार व्यहोरेको छ ।

नेपाल नेदरल्याण्डस र नामिबिया सहभागी सिरिजमा नामिबियाले ३ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेल जित्यो । नेपालले भने जम्मा एक खेलमात्र जित्यो । आइतबार नेदरल्याण्डससँग ८ विकेटले पराजित भएपछि पत्रकारहरुसँगको कुराकानीमा मुख्य प्रशिक्षक मोन्टीले आगामी खेलहरु भने योजना बनाएर खेल्ने बताए ।

‘घरेलु मैदानमा हार्दा सधैँ दु:ख लाग्छ’, उनले पत्रकारहरुसँग भने, ‘लिग टु साइकल धेरै चुनौतीपूर्ण हुन्छ । योजना बनाउनुपर्छ ।’

नेपालका कप्तान रोहित पौडेलले लिग टुमा नेपालले राम्रो सुरुवात गरे पनि निरन्तरता दिन नसकेको बताए । ‘हामीले गल्तीहरुबाट सिक्नुपर्छ’, उनले भने ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल अगावै १७२ रनमा अलआउट भएको थियो । १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले २ विकेट गुमाएर ३७.५ ओभरमा पूरा गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?