+
+

विवादित मन्त्री र सांसदलाई घर पठाउन गगन थापाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १३:२४

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् ।

‘अब यसो गर्न लगाऔं– आसन (सभामुखको आसन) को दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’ सांसद थापाले भने ।

उनले अगाडि भने, ‘अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके के होला ? निर्दाेष भएर फर्किएर आउनुहोला फूल माला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड ब्यहोर्नुहोला ।’

यति गर्न सके बल्ल संसदमा मिटरब्याज पीडितको बारेमा, दूधको मूल्यको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिने भन्दै थापाले अन्यथा संसदमा दोहोरी चलिरहने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?