+
+

सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर, ग्रेड एका ६ जनालाई मासिक एक लाख तलब

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १४:३२
नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै नयाँ तलबमान तोकेको छ ।

पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको क्यानले बताएको छ ।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् ।

ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहोरा छन् ।

हालै मात्र बनेको नेपाल एका कप्तान विनोद भण्डारी ग्रेड सीमा परेका छन् । उनीसँगै अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसीलाई पनि ग्रेड सीमा राखिएको छ ।

यसैगरी पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड डीमा परेका छन् ।

क्यानले इमर्जिङ क्याटगरी पनि बनाएको छ, जसमा दिपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

खेलाडीहरु विभागमा जाने क्रम बढेकाले प्रदेशलाई बलियो बनाउन इमर्जिङ क्याटगरीमा प्रदेशगत प्रतिनिधित्व गराइएको क्रिकेट संघका सचिव पारस खड्काले जानकारी दिए ।

‘अहिले पनि केही राम्रो खेलाडी सेन्ट्रल कन्ट्याक्टमा परेका छैनन् । तर हामीले हालसालै नेपाल ए बनाएका छौं’ उनले भने, ‘नेपाल एको प्रदर्शनका आधारमा केही खेलाडीलाई थप गर्ने योजना छ ।’
क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् ।

ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २ हजार तलब दिइनेछ । सेन्ट्रल कन्ट्याक्ट एक वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?