+
+

सात वर्षको अन्तरालपछि एल्बम ल्याउँदै पपस्टार शकिरा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १६:४७

काठमाडौं । विश्वचर्चित गायिका शकिरालाई सुन्न तयार हुनुस् । सात वर्षको अन्तरालपछि यी कोलम्बियन गायिकाले आफ्नो १२ औं एल्बम ‘वुमन डन्ट क्राइ एनिमोर’ ल्याउने भएकी छन् । यो एल्बम मार्च २२ मा रिलिज तयारीमा छ ।

उनले गत साता सांगीतिक खडेरीलाई तोड्दै नयाँ एल्बम ल्याउने घोषणा गरेपछि विश्वभरका फ्यान उत्साहित छन् । ‘यो काम गर्नु भनेको रासायनिक प्रक्रियाजस्तै हो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘प्रत्येक गीत लेख्दा मैले आफूलाई पुनर्निर्माण गरिरहेकी छु ।’

‘जब ती गीत गाउन थालें, मेरा आँसुहरु हीरामा परिणत भए । मेरा कमजोरी मेरो सामर्थ्य बने,’ भेराइटी म्यागजिनसँगको अन्तर्वार्तामा शकिराले भनेकी छन् ।

यो नयाँ एल्बममा १६ ट्रयाक हुनेछन्, जसमा आठवटा नयाँ गीत र एउटा रिमिक्स हुनेछ । यसअघि रिलिज भइसकेका सात गीत पनि यसमा समावेश हुनेछन् ।

सन् २०२३ को ल्याटिन ग्रामी अवार्ड्समा शकिराले ‘म्युजिक सेसन्स भोल्युम ५३’ बाट वर्ष गीत र उत्कृष्ट पप गीतको अवार्ड जितेकी थिइन् । उक्त गीतले स्पोटीफाइको इतिहासमा सर्वाधिक स्ट्रिमिङ हुने स्पेनी गीतको कीर्तिमान रचेको थियो ।

गत वर्षको मेमा बिलबोर्डको वुमन अफ द इयर अवार्ड समारोहमा आफ्नो स्पिचमा शकिराले आत्मप्रेम र प्रामाणिकताको महत्वलाई जोड दिंदै महिलाको रुपमा आफ्नो यात्राबारे बोलेकी थिइन् । उनी पछिल्ला वर्षमा निजी जिन्दगीमा आएका उतारचढावका कारण चर्चित रहिन् । यसबीच जेराड पिकेसँग उनको वैवाहिक सम्बन्ध पनि टुंगियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?