+
+

सन् २०२३ मा ४० खर्ब पटक सुनियो संगीत, कन्ट्रीसहित ल्याटिन र के-पपको दबदबा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १३:०३

काठमाडौं । बितेको वर्ष विश्व संगीत उद्योगमा चार ट्रिलियन (४० खर्ब) पटक संगीत स्ट्रिमिङ भएको छ । भन्नुको अर्थ उक्त पटक विश्वभर संगीत सुनिएको छ । लुमिनेटको वर्ष समाप्तिको तथ्यांकमा उक्त जानकारी उल्लेख छ ।

सन् २०२२ भन्दा २०२३ मा अन्तर्राष्ट्रिय संगीतको आकार पनि फैलिएको छ । अघिल्लोभन्दा पछिल्लो वर्षमा संगीत स्ट्रिमिङ ३४ प्रतिशतले वृद्धि भएको उक्त रिपोर्टमा उल्लेख छ ।

संगीतका तीन जनरा उक्त वर्ष बढी सुनिएको देखिन्छ । जसमा कन्ट्रीलाई २३.७ प्रतिशत, ल्याटिन २४.१ प्रतिशत र जे–पप, के–पप र एफ्रोबिट्सलाई मिलाएर २६.२ प्रतिशत सुनिएको छ ।

यसको अर्थ, अमेरिकीको रुचि गैरअंग्रेजी भाषाका गीतमा बढी देखिन्छ । लुमिनेटको रिपोर्टले के पनि पुष्टि गर्छ भने अमेरिकामा स्पेनी भाषाको गीतको स्ट्रिमिङमा समेत ३.८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

ल्याटिन छाताभित्र मेक्सिकन क्षेत्रको संगीतको वृद्धि पनि व्यापक देखिन्छ । टाइम पर्सन अफ द इयर घोषित गायिका टेलर स्वीफ्टको संगीतले सन् २०२३ मा अमेरिकी बजारको १.७९ प्रतिशत ओगटेको जनाइएको छ ।

लुमिनेटको उक्त सूचीमा शीर्ष १० अमेरिकी एल्बममध्ये पाँचमा टेलर स्वीफ्ट अटाएकी छन् । अमेरिकामा संगीत खपतको कुरा गर्दा स्वीफ्ट र गैरअंग्रेजी भाषाको दबदबा रहँदा रहँदै पनि हिपहप संगीतको हिस्सा २५.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?