+
+

स्पोटीफाइमा १ अर्ब पटक सुनिने पहिलो महिला के-पप ब्याण्ड बन्यो ‘ब्ल्याक पिंक’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:२२
‘हाउ यू लाइक द्याट’ गीतको एक दृश्य

काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ संसारमा धेरै सुनिने युवतीको सांगीतिक समूह हो । सन् २०१६ मा ब्याण्डले ‘हाउ यू लाइक द्याट’, ‘किल दिस लभ’, ‘लभसिक गर्ल्स’जस्ता चर्चित गीत सार्वजनिक गर्‍यो ।

यो ब्याण्डले दुआ लिपा, सेलेना गोमेज, लेडी गागाजस्ता पपस्टारसँग पनि सहकार्य गरेको छ । ब्याण्डको एक गीत ‘हाउ यू लाइक द्याट’ स्पोटीफाइमा एक अर्ब पटक सुनिने पहिलो महिला के–पप गीत बनेको छ ।

२६ जुन २०२० मा ब्याण्डले उक्त गीत सार्वजनिक गरेको थियो । यो गीतले थुप्रै कीर्तिमान रच्दै ब्याण्डलाई नयाँ उपलब्धि प्रदान गरेको छ । यो गीतमा ब्याण्ड सदस्यले तीव्र संवेदना प्रवाह गरेका थिए ।

जसकारण एक अर्ब पटक सुनिने पहिलो दक्षिण कोरियाली महिला ब्याण्डको कीर्तिमान रचिएको हो । डिसेम्बर ६ मा ब्याण्ड र वाइजी इन्टरटेनमेन्टले ब्याण्डको अवधि अघि बढाउनेबारे सम्झौता गरेका थिए । उनीहरुले ब्याण्डको रुपमा सहकार्य गर्नेबारे सम्झौता गरेपनि निजी गतिविधि सञ्चालनबारे भने उनीहरुबीच सहमति भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?