+
+

सेभेन्टिन बन्यो लोकप्रिय के-पप ब्याण्ड, बीटीएस तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १३:३६

काठमाडौं । लोकप्रिय दक्षिण कोरियाली ब्याण्ड बीटीएसको दबदबा पछिल्लो समय खस्किएको देखिएको छ । कोरिया ब्राण्ड रेप्युटेसन रिसर्च इन्स्टिच्युटको ताजा रिपोर्टमा ६७ महिनादेखिको बीटएसको प्रभुत्वमा गिरावट आएको देखिएको हो ।

उक्त इन्स्टिच्युटले यसैमहिना जनवरीमा सार्वजनिक गरेको नयाँ र्‍याङ्किङ (वरीयता) रिपोर्टमा बीटीएसलाई उछिन्दै अर्को के-पप ब्याण्ड सेभेन्टिन शीर्षस्थानमा देखिएको छ ।

रिपोर्ट प्रत्येक महिना परिवर्तन हुने भएपनि जिन, जिमिन, सुगा, जे–होप, जङकुक, आरएम र भी सदस्य रहेको बीटीएस साढे पाँच वर्षदेखि शीर्षस्थानमा थियो ।

जे भएपनि सन् २०२४ को नयाँ वरीयताले के–पपको परिदृश्यमा नयाँ कथाको संकेत गर्छ । ‘सेभेन्टिन’ले के–पप केटा ब्याण्डको तर्फबाट शीर्षस्थानमा आफ्नो दाबी पेश गरेको हो । विशेषगरी एल्बम बिक्रीमा उछाल आएपछि सेभेन्टिनको लोकप्रियता ह्वात्तै चुलिएको थियो ।

यदि बीटीएस दोस्रो स्थानमा झर्‍यो भने तपाईं गलत हुन सक्नुहुन्छ । किनभने के–पपको राजा भनिने बीटीएस तेस्रो स्थानमा झरेको छ । उदाउँदो अर्को के–पप समूह एनसीटी दोस्रो स्थानमा छ ।

उक्त वरीयता सूचीअनुसार, रिजी चौथो, जिरो बेस वान पाँचौं, द ब्याज छैटौं, स्ट्रे किड्स सातौं, एक्जो आठौं, सिनी नवौं, एस्ट्रो दशौं, एटिज एघारौं, सुपर जुनियर बाह्रौं स्थानमा सूचीकृत छन् ।

डिसेम्बरयता बीटीएसको ब्राण्ड भ्यालुमा ४७ प्रतिशत गिरावट आएको जनाइएको छ । यसो हुनुमा ब्याण्डका सबै सदस्य अनिवार्य सैनिक सेवामा पुगेपछि यो गिरावट आएको हुनसक्ने अनुमान छ । बीटीएसका जेठा सदस्य जिन सन् २०२४ मा करिअरमा फर्किने अपेक्षा गरिएको छ । त्यसपछि क्रमशः जे–होप र सुगा पनि फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?