+
+

बैठक बस्न नसके पदबाट राजीनामा दिन्छु : दुजाङ शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते ११:१२

१५ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिको बैठक बस्न नसके पदबाट राजीनामा दिने बताएका छन् ।

संघको तदर्थ समिति बनेको छ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकप्रति संस्थापनइतरले असन्तुष्टि जनाएपछि विवाद भएको छ । ‘कि केन्द्रीय समितिको बैठक बस्छ । बैठक बस्ने अवस्था नबने मेरो राजीनामा आउँछ,’ शेर्पाले अनलाइनखबरसँग भने ।

समूहबीच समन्वय नगरी अध्यक्ष शेर्पाले जिल्लाहरुमा अध्यक्ष तोकेको भन्दै शेखर-गगन पक्षका संघका नेता कार्यकर्ताले विरोध गर्दै आएका छन् ।

पूर्वाग्रह पूर्ण निर्णय गरिएको उक्त पक्ष आरोप छ । शेखर पक्षका विद्यार्थी नेताहरु मंगलबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । सभापति देउवाले संघका अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर कार्यक्रम गर्न निर्देशन दिएको शेखर पक्षका विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए ।

७११ जनाको रहेको तदर्थ समितिको पहिलो बैठक तथा सम्मान कार्यक्रम आजका लागि निर्धारण गरिएको थियो । दुई पक्षबीच सहमति हुन नसक्दा बैठक हुने/नहुने अन्योल कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?