+
+

बानेश्वरमा प्रहरीको घेराबन्दीमा परेँ : पूर्वसभामुख ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:१६

१५ फागुन, काठमाडौं । सभासद मञ्चले मंगलबार राखेको संविधान, सुशासन र समृद्धि विषयक अन्तरसंवाद कार्यक्रमका पाहुना थिए पूर्वसभामुख दमननाथ ढुंगाना ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि समितिको सभाहलमा राखिएको कार्यक्रमबारे प्रष्ट सूचना नपाएका कारण उनी मंगलबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर पुगे ।

सोमबारमात्र लघुवित्तका ऋणीहरु संघीय संसद भवनभित्र प्रवेश गरेकाले मंगलबार त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ, फुटपाथमा समेत हिँड्न दिइएको छैन । संघीय संसद भवनमा प्रवेश गर्न खोज्दा आफू प्रहरीको घेराबन्दीमा परेको पूर्वसभामुख ढुंगानाले बताए ।

पछि प्रष्ट सूचना पाएपछि सिंहदरबारभित्रको कार्यक्रमस्थल पुगेपछि उनले आफू पक्राउ नै परेँ कि जस्तो ठानेको बताए । ‘यसपालि त संसदमा अघि नै उता माथि (बानेश्वर) पुगेछु । त्यहाँ दुई नम्बर गेटमा जा भन्छ । तीन नम्बर गेटमा जा भन्छ । प्रहरीले घेरेको घेरेकै छन् । त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपालि त पक्राउ नै परेँ कि जस्तो पनि भयो मलाई । किनकी म भुलेछु, उता (बानेश्वर) भन्ठानेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?