+
+

नविता टोयोटाको सद्भावना दूत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २०:०८

१५ फागुन, काठमाडौं । लगातार ९ पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।

मंगलबार आयोजति एक कार्यक्रममा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको छ । सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिने छिन् ।

सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थिति थियो ।

निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ को अवधारणा अनुरुप नवितासँग सहकार्य गरेको जानकारी दिए ।

नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउदै आफूले टोयोटासँग मिलेर महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।

२०६७ सालदेखि २०८० सम्म लगातार राष्ट्रिय च्याम्पियन रहेकी नविताले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, एसियन च्याम्पियनसिप र वर्ल्ड टेबल टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएकी छन् । उनले लगातार चार पटक एसियाली खेलकुदमा सहभागिता जनाएकी थिइन् ।

एनओसीका अध्यक्ष श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकोले यस सम्झौतामा एनओसीको मध्यस्थकर्ता भूमिका रहेको जानकारी दिदै यो साझेदारीले नेपाली खेलकुद तथा खेलाडीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

यो साझेदारीले नविता विश्व प्रसिद्ध ब्रान्डको प्रतिनिधित्व गर्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

साथै उनी ‘स्टार्ट योर इम्पोसिबल’ विश्वव्यापी पहल अन्तर्गत टोयोटालाई ग्लोबल टिम टोयोटा एथलीट (जीटीटीए) को रूपमा प्रतिनिधित्व गर्ने विश्वभरका २०० भन्दा बढी खेलाडीहरूसँग सामेल हुनेछिन् । जीटीटीए कडा परिश्रम गर्ने र कहिल्यै हार नमान्ने एथलीटहरूको वास्तविक जीवनका कथाहरूलाई हाइलाइट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?