+
+

एफए कपमा लुटनविरुद्ध हालान्डको ५ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ८:५१

१६ फागुन, काठमाडौं । एर्लिङ हालान्डल एक्लैले ५ गोल गरेपछि म्यानचेष्टर सिटीले एफए कपको पाँचौ चरणमा लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ ।

नर्वेजियन फरवार्डले सिटीका लागि गरेको यो आठौं ह्याट्रिक हो । यस्तै उनले क्लबका लागि कुनै पनि खेलमा ५ गोल गरेको यो दोस्रो पटक हो । र यस्तो उपलब्धि पाउने उनी पहिलो खेलाडी समेत हुन् ।

हालान्डले पहिलो हाफमा १३औं, १८औं र ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै उनले ५५औं र ५८औं मिनेटमा पनि गोल गरे । सिटीका लागिमाटेओ कोभासिसले ७२औं मिनेटमा एक गोल गरे ।

लुटनका लागि जोर्डन क्लार्कले ४५औं र ५२औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?