+
+

सेयर बजारका महँगा ७ कम्पनी : बजार घट्दा पनि मूल्य बढेको बढ्यै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १८:४८

१६ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि सबैभन्दा महँगा ७ कम्पनीको मूल्य बढेको छ । सबैभन्दा महँगो कम्पनी युनिलिभरको मूल्य यस दिन ६ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ४०१ रुपैयाँ बढ्यो । यस कम्पनीको मूल्य बुधबार प्रतिकित्ता ४१ हजार ९ सय रुपैयाँ पुगेको छ । युनिलिभरको मूल्य पुस १६ यताकै उच्च हो । बजारमा यस कम्पनीको जम्मा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।

त्यस्तै दोस्रो महँगो कम्पनी बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढेको छ । यो कम्पनीको मूल्य प्रतिकित्ता १९ हजार ६४१ रुपैयाँ पुगेको छ । कम्पनीको यो मूल्य हालसम्मकै उच्च हो । यसको कुल १९ लाख ४८ हजार ८८७ कित्ता सेयर सूचीकृत छ ।

तेस्रो महँगो कम्पनी बोटलर्स नेपाल तराईको मूल्य पनि बुधबार १० प्रतिशत नै बढेर प्रतिकित्ता १६ हजार १७७ रुपैयाँ पुगेको छ । कम्पनीको यो मूल्य ६ महिनायताकै उच्च हो । यसको कुल १२ लाख १० हजार कित्ता सेयर सूचीकृत छ ।  विगत केही सातादेखि नै बोटलर्स नेपालका २ कम्पनीहरुको मूल्य निरन्तरः बढिरहेको छ ।

त्यस्तै चौथो ठूलो कम्पनी राष्ट्रिय बीमा कम्पनीको मूल्य पनि बुधबार प्रतिकित्ता १० रुपैयाँ बढेर १३ हजार ७१० रुपैयाँ पुगेको छ । यस कम्पनीको मूल्य भने विगत एक साताकै उच्च हो । कम्पनीको कुल २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधारण समूहको १२ दशमलव २५ प्रतिशत छ ।

बजारको पाँचौ महँगो कम्पनी हो– साल्ट ट्रेडिङ कर्पोरेसन । साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य बुधबार ४.९५ प्रतिशत बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य २ सातायताकै उच्च हो ।  यसको २७ लाख ८८ हजार ८४४ कित्ता सेयर सूचीकृत छ ।

अर्को विशाल बजार कम्पनी छैटौं महँगो कम्पनी हो । यसको मूल्य बुधबार १० प्रतिशत बढेर प्रतिकित्ता ४ हजार २६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य गत पुस ११ यताकै उच्च हो । विशालबजारको ४ लाख ९१ हजार ४०० कित्ता सेयर सूचीकृत छ ।

सातौं महँगो कम्पनी नागरिक लगानी कोषको सेयर मूल्य बुधबार २.१९ प्रतिशत अर्थात् प्रतिकित्ता ४५ रुपैयाँ बढेर २ हजार १ सय रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य कारोबार बन्द हुँदा एक साताकै उच्च हो । कोषको ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधारण समूहको २० प्रतिशत छ ।

सेयर बजारका महँगा ७ कम्पनी र बुधबारको मूल्यवृद्धि :

कम्पनी बुधबारको मूल्य वृद्धिदर
युनिलिभर नेपाल ४१,९०० ६.०८
बोटलर्स नेपाल बालाजु १९,६४१ १०
बोटलर्स नेपाल तराई १६,१४४.७० १०
राष्ट्रिय बीमा कम्पनी १३,७१० ०.०७
साल्ट ट्रेडिङ कर्पोरेसन ५,३०० ४.९५
विशाल बजार कम्पनी ४,०२६ १०
नागरिक लगानी कोष २,१०० २.१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?