+
+

स्थायी समितिको निर्णय मेरो राजनीति समाप्त पार्ने डिजाइन : खगराज भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १९:१२

१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसिएकामा गम्भीर असहमति जनाएका छन् ।

बुधबार बसेको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन गरेको थियो भने सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पनि खोसेको थियो ।

बुधबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी भट्टले स्थायी समितिको निर्णयले आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न खोजेको बताएका छन् । स्थायी समितिको निर्णय आफ्नो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवन समाप्त पार्ने डिजाइन भएको पनि उनले बताएका छन् ।

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यो निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखापरेको अराजकतालाई निरुत्साहित गर्छ कि प्रोत्साहित भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै यो निर्णयले पार्टीलाई जीवन ठान्ने इमान्दार कार्यकर्तालाई उत्साहित गर्छ कि निराशतामा धकेल्छ भन्ने अर्को प्रश्न सोधेका छन् । पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ कि अमुक व्यक्तिको चाहनाबाट सञ्चालन हुन्छ भन्ने उनको तेस्रो प्रश्न छ ।

अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय दिएको भन्दै भट्टले यो कदमले पार्टीमा दण्डहीनताले कस्तो रुप लिन्छ भनेर सोधका छन् ।

हेर्नुहोस् खगराज भट्टले प्रचण्डलाई लेखेको पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?