+
+

सेप्टिक ट्याङ्करमा लागूऔषध तस्करी, एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १६:२३

१७ फागुन, काठमाडौं । प्रहरीले सेप्टिक ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी रामेश्वर कार्कीका अनुसार, विशेष सूचनाका आधारमा सडक किनारमा रोकी राखेको ना ८ ख २०२२ नम्बरको सेप्टिक ट्याङ्कीमा सिटमुनि जाँच गर्दा लागूऔषध विनसेरेक्स ४७५ बोतल बरामद गरिएको हो ।

लागूऔषध भेटिएपछि मोक्तानलाई पक्राउ गरेर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढेको उनले बताए । प्रहरीले सेप्टिक ट्याङ्कर समेत बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?