+
+

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गरियोस् : सांसद दिपक गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १२:५८

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको’ स्मरण गरे ।

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन गरेको भनी जाहेरी पनि परेको तर, कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘जिबी राइ समुशाट ४९ हजार सर्वसाधारणको ७ अर्ब हिनामिना गरेको अनुमान छ’ उनले प्रश्न गरे, ‘आम जनताको अबौं रकम कहिले कसरी फिर्ता हुने हो ? यो बारेमा सरकार के सोचिरहेको छ । दोषीहरुले कहिले सजाय पाउने हुन ?’

कुनै राजनीतिक दलमा लागेको वा शक्तिमा रहेको रुपमा दोषी कारबाही हुनबाट जोगिने अवस्था आउन नहुने उनको माग छ । उनले प्रश्न गरे, ‘जुनसुकै दलमा लागेको भएपनि जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्ने लाई कारबाही गरेर पीडितहरुको पैसा दिलाउने काम सरकारको होइन र ?’

सांसद गिरीले सहकारी विभागका अनुसार ३१ जार बढी सहकारी नेपालमा रहेको र तिनमा ७४ लाख सदस्यहरु आवद्ध रहेको स्मरण गरे । उनी प्रश्न गर्छन, ‘ती मध्ये १४ लाख सदस्यहरु आफूले खाइ नखाइ बचत गरेको रकम डुबेको गूनासो गरिरहेका छन् । सहकारी पीडितलाई न्याय दिलाउने जिम्मेवारी सरकारको होइन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?