+
+

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते ९:५८

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न विहीबार संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक विहीबार दिउँसो २ बजे बस्ने तय भएको छ ।

बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?