+
+

राष्ट्रपति जेलेन्स्कीको हत्या योजना विफल पारेको युक्रेनको दाबी, २ कर्णेलमाथि जासुसको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते ७:१४

२६ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ ।

युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा रुसको गुप्तचर निकाय (एफएसबी)को सन्जाल सक्रिय थियो । उक्त सन्जालको लागि जासुसी गरेको आरोप ती कर्णेहरुलाई लगाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै जेलेन्स्कीको हत्याको षडयन्त्र भइरहेको समाचार सार्वजनिक हुने गरेका थिए । तर बहालवाला कर्णेल नै जेलेन्स्कीको हत्याको षडयन्त्रमा संलग्न भएको भन्ने आरोपसहितको समाचार बीबीसीले लेखेको छ ।

रुसले युक्रेनका सैनिक जासुसी निकाय प्रमुख किरिलो बुदानोभ र सेक्युरिटी सर्भिसका प्रमुख भासु म्यालुयकको पनि हत्या योजना बनाएको एसबीयुले जनाएको छ । बुदानोभको हत्या योजना इशाई धर्मावलम्बीहरुको पर्व ईस्टरको अघिल्लो दिन बनाइएको थियो ।

त्यसका लागि रुसले एन्टी ट्यांक मिसाइल समेत उपहारस्वरुप पठाएको थियो । उक्त हतियार बरामद गरिएको हत्या योजना विफल पारेको युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?