+
+

‘लण्डन टु पेरिस’को नयाँ गीतमा त्रिकोणात्मक प्रेम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १९:५०

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट रोमान्टिक गीत रिलिज गरिएको हो ।

गीतमा एसडी योगीको संगीत, राम अविरल विष्टको शब्द, योगी र नभिता पौडेलको आवाज छ । गीतमा साम्राज्ञी मुख्य कलाकार साम्राज्ञी शाह, निश्चल खड्का र गरिमा शर्मालाई चित्रण गरिएको छ ।

यात्राको क्रममा हुने प्रेम यसको कथावस्तु हो । पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता हुन् । अंकित गौतम, सुरज कुवँर र विजय भण्डारी कार्यकारी निर्माता हुन् । फिल्म जेठ २५ गतेदेखि रिलिज हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?