+
+
१३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता :

प्रिन्स र प्रफुल उपाधिका लागि भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १९:४५

१८ फागुन, काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन: एक पटक लि–निङ्ग १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधीका लागि भिड्ने भएका छन् ।

पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुल संग पराजित भएका थिए । त्यस यता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस् हवद्वारा आयोजना गरिएको प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्र्दै प्रिन्सले उपाधी जितेका थिए ।

आज भएको शिर्ष ८ पुरुष एकल क्वाटरफाइनल खेलमा प्रिन्सले एपिएफकै देवराज रानालाई २१–७, २–१२ ले पराजित गर्दै फाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई पराजित गर्दै फाइनल प्रवेश गरिन् ।

फाइनल प्रवेश गर्ने क्रममा रसिलाले निला माथि २१–१६, २१–१६ को समान अन्तरको जित निकालेकी हुन् । अव रसिलाले उपाधीका लागि भोजपुरकी नङ्गशल तामाङ्ग संग प्रतिस्पर्धा गर्ने छिन् । नङ्गशलले ११ औं र १२ औं संस्करणकी बिजेता आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ को जित निकाल्दै फाइनलमा रसिला संगको भेट पक्का गरेकी हुन् ।

यसैगरि मास्टर्स ४५ बर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका शुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधीका लागि भिड्ने भएका छन् ।

शुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ्ग र प्रकास राईको जोडीलाई १०–२१, २१–१६, २१–१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२–२०, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

मास्टर्स ५५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश के.सी.को जोडीलाई २१–१९, २६–२४ ले पराजित गर्दै उपाधीका लागि गुल्मीका राम गुरुङ्ग र खगेन्द्र रेग्मीको जोडी संगको भेट पक्का गरेका छन् । गुरुङ्ग र राईको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०–२२, २१–१८, २१–७ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

ब्याडमिन्टन संघले प्रिन्सलाई बाइकले सम्मान गर्ने

राष्ट्रिय ब्याडमिन्टन संघले आफ्नो पूर्व घोषणा अनुरुप नेपालका नम्बर एक खेलाडी एवं पूर्व बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाईकलले सम्मान गर्ने भएको छ । १३ औं पुष्पलाल स्मृती र्‍याङ्किङ्क राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अनितम दिन भोली शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको हो ।

संघले पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको बिजेतालाई मोटरसाईकलले सम्मान गर्ने घोषणा अनुरुप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको १०औं, ११औं र १२ औं संस्करणका बिजेता हुन् ।
यस अघि यो सम्मान बाट रत्नजित तामाङ्ग र नङ्गशलदेबी तामाङ्ग सम्मानित भईसकेका छन् ।

खेलाडीहरुका लागि बिमा

राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।

संघले लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पुर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।

चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २७४ खेलाडीहरुको सहभागिता रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?