+
+

केभिआर स्टेज रेस च्यालेन्जमा अशोक र माउन्टजोय विजेता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १८:३४

१९ फागुन, काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय पहिलो भएका छन् ।

रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारीत दुरी चार घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे । राजा महतारा चार घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर चार घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले पाँच घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरे । यसैगरी उपविजेतामा चित्त बुझाएकी स्टाइन हेजेलवर्गले पाच घन्टा ५८ मिनेट र १४ सकेन्ड समय लगाईन् । सोन्या मार्टिनले पाँच घन्टा ५८ मिनेट ३६ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गरे ।

सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जना धावक धाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?