+
+

लुइँटेलको अध्यक्षतामा इन्जामा नयाँ कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १९:१४

१९ फागुन, जापान । जापानमा सम्पन्न नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को छैटौं सम्मेलनले गुणराज लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षयहरुमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रीता सापकोटा, कमल ढकाल, ध्रुव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन चयन भएका छन् । पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहेको निर्वाचन कमिटीले उनीहरुलाई निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचित अध्यक्ष लुइँटेलले इन्जा विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग नजिक रहेर सहकार्य गर्न संस्था रहेको बताए । संस्थाका उपाध्यक्ष टंक पन्तले इन्जाको उद्देश्यअनुरुप संकटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिँदै आएको सहयोगको बारेमा इन्जा केन्द्रित रहने जनाए ।

सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको मुख्यालय अमेरिकामा छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?