+
+

डीसीएलको उपाधि दंगाली लायन्सलाई, बसिर अहमद सर्वोत्कृष्ट खेलाडी  

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते ७:५५

२० फागुन, काठमाडौं ।  दंगाली लायन्सले दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको छ ।

शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले १६ ओभरमा ६२ रनमा अल आउट भयो ।

तुलसीपुर रोयल्सका रुपेश सिंहले २०  र अमरसिंह राउटेलाले ११ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

टोलीलाई उपाधि जिताउन स्पिनर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए  । यस्तै विपिन खत्री, वीरबहादुर घर्तीमगर, प्रकाश जैसीले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

कप्तान विपिन खत्रीले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४५ रन बनाए । बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रनको योगदान दिए ।

तुलसीपुर रोयल्सका अमर सिंह राटेलाले सर्वाधिक ३ विकेट लिए । रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नवीन बिकले एक/एक विकेट लिए ।

उपाधिसहित विजेता दंगाली लायन्सले दुई लाख ५० हजार र उपविजेता तुलसीपुर रोयल्सले एक लाख रुपैयाँ पायो ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बसिर अहमद घोषित भए । यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर सन्तोष कार्की, बलर दिपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भए ।

प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार रुपैयाँ प्राप्त गरे ।

दाङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पाँच फ्रेन्चाइज टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?