+
+

पानीमा रुझ्दै महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० फागुन २० गते १५:१४

२० फागुन, काठमाडौं । पानीमा रुझ्दै काठमाडौं महानगरपालिका विरुद्ध कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

करिब एक सातादेखि आन्दोलित कवाडी व्यवसायीहरूले आइतबार पानीमा रुझ्दै आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नाराजुलुस गरेका हुन् ।

कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।  कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध र्‍याली गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइरहेको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रभित्र मात्रै करिब १५ भन्दा बढी कवाडी संकलन केन्द्रमा डोजर चलाइसकेको छ ।

‘३ महिनादेखि माइकिङ गरेर हट्न भनेको थियौं, अहिले डोजर चलाउन थालिएको हो । ९० वटा कवाडी छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नै महानगरको नीति हो’, पाण्डेले भने ।

उनले अहिले काठमाडौंको मात्रै नभएर ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत क्षेत्रका कवाडी व्यवसायीले पनि महानगरविरुद्ध आन्दोलन गरिरहेको बताए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?