+
+

सातौं चेम्बर एक्स्पो २४ फागुनदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १४:०५

२० फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा २४ फागुनदेखि सातौं चरणको ‘चेम्बर एक्स्पो-२०२४’ आयोजना हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा २८ फागुनसम्म सञ्चालन हुने एक्स्पोमा स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

घर–जग्गा व्यवसाय, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् ।

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन एवम् साना व्यवसायीहरुको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो ।

प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ ।

एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ ।

क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने अध्यक्ष मल्लले बताए ।

प्रर्दशनीमा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिभिसन कन्फरेन्स समेत सञ्चालन हुनेछ ।

प्रर्दशनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।

यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरुले प्रदर्शनीमा सहभागिता जनाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?