+
+

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ११:०८

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।

हालको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बजारमा एकाएक उच्च वृद्धि देखिएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेससँग माओवादीको गठबन्धन भत्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?