+
+

पूजा भन्छिन्- ‘उपहार’मा अहिलेसम्मकै फरक भूमिका गरेको छु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:२६
तस्वीर सौजन्य : सुरेन्द्र थापा

काठमाडौं । रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो फिल्ममा अभिनेत्री पूजा शर्माले ‘पूजा’ चरित्रमा अभिनय गरेकी छन् ।

‘उपहार’मा आफूले निर्वाह गरेको भूमिका अन्य भन्दा फरक रहेको पूजाले दाबी गरेकी छन् । ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ,’ मिडिया कुराकानीमा उनले भनिन्, ‘अहिलेका टिनएजमा भइरहेको घटनालाई मेरो पात्रमार्फत देखाइएको छ ।’

पूजाको अनुभवमा अहिलेको समयमा विशेषगरी युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्नेमै छ । ‘उपहारमा पूजाले पनि जस्तोसुकै काम गरेर भए पनि पैसा कमाउनुपर्‍यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ,’ आफ्नो फिल्मी चरित्रबारे पूजाले भनिन् ।

पूजाले अगाडि भनिन्, ‘बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ ।’

रेखा फिल्म्स र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?