+
+

रेखा थापाको आपत्ति : ‘नेपाली फिल्मलाई विभेद गरी विदेशीको भरणपोषण गरियो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १३:०३

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर निर्माताले आपत्ति जनाएका छन् । खासगरी उनीहरुको असन्तुष्टि धेरै पर्दा भएको हल क्यूएफएक्सप्रति लक्षित छ ।

शुक्रबार तीन नेपाली फिल्म उपहार, काँडेतार र रंगेलीसहित विदेशी फिल्महरु ‘कुङ्फु पान्डा ४’ र ‘शैतान’ रिलिज हुँदैछन् । ‘ड्युन २’ र ‘अगस्त्य’ दोस्रो सातामा प्रवेश गर्नेछन् ।

आफ्नो फिल्म ‘उपहार’लाई कम शो उपलब्ध गराएको भन्दै निर्मात्री तथा अभिनेत्री रेखा थापाले क्रुद्ध प्रतिक्रिया जनाएकी छन् । बिग, एफक्युब लगायतले सम्मानजनक शो दिएको तर क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको भन्दै रेखाले आपत्ति जनाएकी छन् ।

उनी लेख्छिन्, ‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । सँगैको बिग मुभिज, वान सिनेमा र एफक्युब लगायतका हलले सम्पूर्ण नेपालभरि सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्दछु । क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ । तीनवटा पर्दा भएका अन्य हलले चार शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले तीन शो मात्र उपलब्ध गराउनुको अर्थ के हो ? नेपाली चलचित्रप्रेमी दर्शक र नेपाली चलचित्रसँग सम्बन्धित संघसस्थाहरु किन मौन ?’

क्यूएफएक्सले ‘उपहार’लाई काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर ७ शो उपलब्ध गराएको छ । वीरगञ्जमा शो तय छैन । ‘रंगेली’लाई काठमाडौंमा ५, ‘काँडेतार’लाई ४ शो उपलब्ध गराइएको छ ।

शो बाँडफाँटलाई लिएर फिल्म निर्माता र प्रदर्शकबीचको यो आरोप-प्रत्यारोप नयाँ होइन । शो बाँडफाँटमा असन्तुष्टि जनाउँदै यसअघि चल्दाचल्दैको फिल्म उतारिएको छ । सुवर्ण थापाको ‘राधा’ले एकदिनमै फिल्म उतारेको थियो । दिनेश राउतको ‘प्रकाश’ले फिल्म उतारेर सडकमा चलाउने चेतावनी दिएपछि शो संख्या बढेको थियो ।

निश्चल बस्नेतको ‘दिमाग खराब’ले फिल्म उतार्ने घोषणा नै गरेपछि चलचित्र संघ र निर्माता संघबीच शो र राजस्व शेयर बाँडफाँटमा सहमति जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?