+
+

सेयर बजार खुल्नासाथ उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ११:३६

२२ फागुन, काठमाडौं । सोमबार ६ प्रतिशतको वृद्धि भई बन्द भएको सेयर बजार मंगलबार भने खुल्नासाथ उच्च गिरावट देखिएको छ ।

कारोबार खुलेको आधा घण्टामा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५ अंक अर्थात् २.१९ प्रतिशत घटेको छ । परिसूचक घट्दा कारोबार रकम भने उच्च भएको छ । आधा घण्टामै १ अर्ब १९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

११ : ३० बजेसम्म ३४ कम्पनीको मूल्य बढ्दा २०५ को घटेको छ भने ६ को स्थिर रहेको छ । सबै क्षेत्रका सूचकहरु घटेका छन् । ११ : ३० सम्म बैंकिङ २.४, विकास बैंक २.६, फाइनान्स १.८, होटल १.८, हाइड्रोपावर २.३, जीवन बीमा २.५, उत्पादन २.४, निर्जीवन बीमा १.३ र अन्य समूह २.६ प्रतिशत घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?