+
+

‘उबुर उबुर टिक्की’ दक्षिण एसियाली नाटक महोत्सवमा मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १७:३१

काठमाडौं । कथा घेराको नयाँ नाटक ‘उबुर उबुर टिक्की’ बंगलादेशको जेसोरमा आयोजना हुने दक्षिण एसियाली नाटक महोत्सवमा मञ्चन हुने भएको छ । यो महोत्सव फागुन २४ देखि ढाकामा आयोजना हुँदैछ ।

सुदाम सिकेको परिकल्पना र निर्देशनमा बनेको नाटक त्यसअघि काठमाडौंमा चैत १ देखि दुई सातासम्म मञ्चन हुने प्रेषित विज्ञप्तिमा उल्लेख छ । आकाश नेपाली, विनिता गुरुङ, सरिता कठायत, निष्ठा त्रिपाठी र सिके स्वयंको नाटकमा अभिनय हुनेछ ।

संगीत निर्देशन नरेश गजुरेलले गर्नेछन् । निर्देशक सिकेले यो नाटकलाई प्रयोगात्मक नाटकको रुप व्याख्या गरे । संसार मायावी र भ्रम रहेको भन्दै उनले दर्शकलाई यो नाटकले भावनात्मक सयर गराउने बताए ।

‘नाटकले हामी भित्रका, नभनिएका, नदेखेका भावनालाई खोज्ने र अगाडि ल्याउने प्रयास गर्छ,’ निर्देशक सिकेले भने, ‘यो नाटक मानवीय सीमाका अनुभव, कमजोरी र विरोधाभासलाई स्वीकार गर्न वा मनाउनका लागि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?