+
+

‘काँडेतार’ प्रिमियरमा नेतादेखि सेलिब्रेटीसम्म, खनाल भन्छन्- फिल्म भारतको विरोधमा छैन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते ११:५३
‘काँडेतार’ प्रिमियरमा मंगलबार (बायाँ)बाट निर्देशक नवल खड्का, अभिनेत्री सुरविना कार्की र पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।

काठमाडौं । नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’लाई मंगलबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म हेर्न नेतादेखि सेलिब्रेटी जमलस्थित विश्वज्योति हलमा पुगेका थिए ।

‘कास्ट एण्ड क्रिउ’सहित पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली लगायत प्रिमियरमा सहभागि थिए । फिल्मले नेपालको अन्तर्राष्ट्रिय सीमा ब्यवस्थित गर्नुपर्ने र राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने कथा पेश गर्छ । फिल्म हेरेपछि नेता तथा अतिथिले फिल्मले दिन खोजेको सन्देशको प्रशंसा गरे ।

पूर्वप्रधानमन्त्री खनालले आफू प्रधानमन्त्री हुँदा सीमा ब्यवस्थित गर्न खोजेपनि पदबाट हट्नुपरेको स्मरण गरे । फिल्मले वास्तविक कथा उठान गरेको र प्रदर्शनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले यो फिल्म भारतविरोधी नभएको बताए ।

फिल्मलाई नेपालपक्षीय रहेको बताउँदै नेता खनालले नेपाल र भारतबीचको सम्बन्ध सुधारमा यसले भूमिका खेल्ने बताए । भारतका आपराधिक गतिविधिलाई फिल्ममा चित्रण गरिएकाले फिल्ममा भारतले आपत्ति जनाउन नमिल्ने उनको भनाई छ ।

निर्देशक खड्काले पनि यो फिल्म भारतविरोधी नभएको बताए । ‘यो फिल्मलाई कतिपयले भारतविरोधी फिल्मको रुपमा बुझेका छन्, यो गलत कुरा हो’ उनले भने । सीमाविद् बुद्धिनारायण श्रेष्ठले जंगे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार लगाउनुपर्ने आवश्यकतालाई फिल्मले पुष्टि गर्ने बताए ।

फिल्मले नेपालसँग सीमा जोडिएका क्षेत्रमा भारतीय पक्षले गरेको अत्याचार, ज्यादती र सीमा अतिक्रमणको कथा प्रस्तुत पेश गर्छ । नवलको शीर्ष भूमिका रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत लगायतको अभिनय छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा लेखन शिवम् अधिकारी र खड्काको छ । मणि थापा र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन सौरभ लामाले गरेका हुन् । माकिको राई, नादिया खड्का, सनया खड्का र अञ्जु केसीको निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?