+
+

कबड्डी सुपर लिग सुरु : पुलिसको दुवै टिम विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते २०:१०

२३ फागुन, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु भएको पुरुष तथा महिला कबड्डी सुपर लिगमा नेपाल पुलिस क्लबको दुवै टिमले सुखद सुरुवात गरेका छन् ।

नारी दिवसका अवसरमा आयोजित प्रतियोगितामा पहिलो दिन महिलातर्फ पुलिसले एपीएफलाई ३८–३० ले हरायो । विजयी टिम पुलिसकी मानमती विष्ट ‘वोमन अफ द म्याच’ चुनिइन् । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लबले उपत्यका टोलीबाट वाकओभर पायो ।

पुरुषतर्फ विभागीय भिडन्तमा आर्मीले एपीएफलाई ३९–२२ ले पराजित गर्‍यो । आर्मीका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप-महासचिव पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गर्ने कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।

पुरुषमा ४ र महिलामा ३ टिम सहभागी छन् । सिंगल राउन्ड रोविनमा शीर्ष २ स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?