+
+

कबड्डी सुपर लिगको फाइनलमा आर्मी र एपीएफ भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:१२

२४ फागुन, काठमाडौं । नेपाल आर्मी र एपीएफ क्लब कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलम प्रवेश गरेका छन् ।

नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् । आर्मीले ४ तथा एपीएफले २ अंक जोडे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी ४ अंकसाथ शीर्ष स्थानमा रहँदे फाइनल यात्रा तय गर्‍यो ।

फाइनलमा प्रहरीको भेट एपीएफसँग हुनेछ । २ अंक जोडेको एपीएफ उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?