+
+

६ महिनामा देशभरि थपियो ११७ किलोमिटर मात्र पक्की सडक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १७:१३
फाइल तस्वीर

२४ फागुन, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा ११७ किलोमिटर मात्र पक्की सडक थप भएको छ ।

सरकारको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्म ९३ किलोमिटर दुई लेन कालोपत्रे सडक थप भएको छ ।

यस अवधिमा २४ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ । जसबाट कुल ११ठ किलोमिटर सडक मात्र ६ महिनामा थप भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एकीकृत अनुगमन प्रणालीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

असार मसान्तसम्म देशभरि १७ हजार ६९२ किलोमिटर दुई लेन सडक कालोपत्रे रहेको थियो । पुस मसान्तसम्म १७ हजार ७८५ किलोमिटर मात्र दुई लेन कालोपत्रे सडक पुगेको छ ।

चार लेनतर्फ असार मसान्तसम्म १४४ किलोमिटर कालोपत्रे रहेकामा अहिले १६८ किलोमिटर पुगेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ भित्र कुल ८ सय किलोमिटर दुई लेन सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।

यस वर्ष चारलेन सडक १५० किलोमिटर थप गर्ने लक्ष्य सरकारको छ । तर, पहिलो ६ महिनाको तथ्यांकले सो लक्ष्य भेट्न निकै कठिन हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?