+
+

एमालेको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते ८:००

२५ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ ।

सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलोपटक पार्टी बैठक बस्न लागेकाले त्यसैमा धेरै केन्द्रित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?