+
+

सर्वोत्तमको आईपीओ बाँडफाँट : २६ जनाले पाए ५१ कित्ता, ९ लाख बढीको हात रित्तो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १०:४०

२५ फागुन, काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।

पहिले नै कोटाको आरक्षित सेयर पाइसकेका, धेरै पटक आवेदन दिएकाहरूको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरुमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

५० कित्ताका दरले सेयर पाएकामध्ये ६० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गर्दा २६ जनाले थप १–१ कित्ताका दरले आईपीओ पाएका हुन् ।कम्पनीले कुल कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बाँडफाँट गरेको हो । सोही संख्याका लागि आवेदन माग गरिएको थियो । रितपूर्वक आवेदन दिएका ९ लाख ३ हजार ४३८ जनाको हात रित्तो भएको छ ।

आइपीओको नतिजा केही घण्टापछि आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।  बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?