+
+

स्थिरताका लागि एमाले–माओवादी गठबन्धन बन्यो : बादल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १३:३४

२५ फागुन, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताए ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने उपाध्यक्ष थापाको दाबी छ ।

यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको थापाको भनाइ छ । ढिलै भए पनि प्रधानमन्त्रीले एमालेसँगको गठबन्धनबाट देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझेको बताएका थिए ।

कांग्रेसलाई पुँजीपतीको आरोप लगाउँदै थापाले गत वर्ष श्रमजीवीको गठबन्धन भत्काएको बताउँदै हाल पुरानै गठबन्धन बन्नु राजनीतिक रुपमा सफल भएको बताए । अहिलेको वाम गठबन्धन भत्काउन विभिन्न प्रयास हुने भन्दै उनले त्यसतर्फ सजग हुनुपर्ने बताए ।

आदिवासी लोकतान्त्रिक जतजाती महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनका लागि थापा गुल्मी आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?