+
+

लुक्ला उडेको हेलिकप्टरमा चरा ठोक्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १८:५३

२५ फागुन, काठमाडौं । शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो ।

चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो । यो हेलिकप्टर ५ सिट क्षमताको हो । काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो । काठमाडौं विमानस्थलमा चराका कारण उडान नियमितजसो प्रभावित बनिरहेको हुन्छ ।

आजै कतार एयरवेजको जहाज अवतरणका क्रममा अत्यधिक हावाको बेगका कारण ‘ओभरसुट’ (अवतरणका क्रममा धावनमार्ग नजिकैबाट पुनः उडान भर्नु) गर्नुपरेको छ । कतारको ६४६ जहाज दिउँसो साढे ४ बजे अवतरणका क्रममा ओभरसुट गर्नुपरेको हो ।

अधिक हावाको बेगका कारण जहाज ओभरसुट गरी पुनः अवतरण गरेको हो । पाइलटले जोखिम मोलेर अवतरण गराउनुको सट्टा जहाजलाई पुनः फन्को मारी सुरक्षित बनाउन ओभरसुट गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?