+
+

सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १८:३१

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो ।

कांग्रेस माओवादी गठबन्धन रहँदा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी भएका थिए । तर गठबन्धन टुटेपछि कांग्रेससँग राष्ट्रियसभा अध्यक्ष जित्न बहुमत पुग्दैन ।

हेर्नुहोस् कांग्रेस संसदीय दलको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?