+
+

प्रदीपलाई शीर्ष भूमिकामा लिएर ‘अन्तिम संस्कार’ निर्देशकले थ्रिलर फिल्म बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १२:५८

काठमाडौँ । ‘अन्तिम संस्कार’ फेम्ड निर्देशक प्रदीप शाहीको आगामी फिल्ममा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै निर्माताले शीर्षक तय भइनसकेको आगामी फिल्ममा प्रदीप जोडिएको जनाएका हुन् ।

शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्म निर्माणमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने जनाइएको छ । प्रदीप खड्काको जन्मदिन सन्दर्भमा निर्माता र उनीबीच सम्झौता भएको जनाइएको छ ।

साइन्स फिक्सन–थ्रिलर बताइएको यो फिल्मका अन्य कलाकार भने तय हुन बाँकी छन् । ‘अन्तिम संस्कार’मा शाहीले नेपाली समाजका कतिपय सांस्कृतिक रहस्यलाई समेत चित्रण गरेका थिए । ‘अन्तिम संस्कार’मा यस्तै रहस्यपूर्ण तत्वलाई समावेश गरिने जनाइएको छ । शाहीको डेब्यु निर्देशन रहेको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज भएको थियो ।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज भएको थियो । आफ्ना आगामी फिल्मलाई पनि विदेशी ओटीटी प्लाटफर्ममा रिलिज गर्ने योजना रहेको निर्देशक शाहीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?